Search From Here

Sunday, December 18, 2011

Send SMS free to any part of the world! IT's FREE


Saturday, December 17, 2011

६२ वर्षछि राजधानीमा बुधबार हिउँ

काठमाडौं- ६२ वर्षछि राजधानीमा बुधबार हिउँ बर्सिंदा चकित हुनेमध्ये थिए- कृष्णभक्त मानन्धर । विज्ञान तथा प्रविधि मन्त्रालयको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ अधिकारीलाई उपत्यकामा पानी पर्ने र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने जानकारी थियो तर हिउँको सुइकोसम्म थिएन । ‘योचाहिँ आर्श्चर्य भयो,’ कठांग्रिरदो जाडोको अनुभव गराउँदै अधिकांशलाई घरैभित्र बस्न बाध्य पार्ने प्राकृतिक विकासबारे मानन्धरले भने- ‘काठमाडौंमै हिउँ झर्ला भन्ने (अनुमान) थिएन ।’ महाशाखाको उपकरण भएको अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४५ मिनेटसम्म हिउँ परेको थियो भने सहरका अन्य भागमा केही मिनेट । मानन्धरको कार्यालयको इतिहास ४० वर्षन्दा पुरानो छैन तर उनलाई थाहा भएअनुसार यसअघि काठमाडौंमा २००१ साल पुस २१ गते हिउँ परेको थियो ।
बितेका केही वर्षा फुसफुसे हिउँ झर्दै गरेको दृश्य वर्णन गरिएको नेपथ्यको ‘आकाशैबाट के उडी आयो भेडाको ऊनजस्तो’ गीत सुनेका र भ्यालेन्टाइन डे (प्रेम दिवस) मनाउने योजनासाथ उठेका सहरी तन्नेरीहरूलाई बिहानैको झमझमी पानीले रोमान्टिक हुने एउटा कारण दिएको भए पनि दिउँसोको हिउँबारे कुनै संकेत गरेको थिएन । हिउँ पर्नासाथ तन्नेरीहरूका मोबाइल बज्न थाले, एसएमएस पाउने र पठाउने लहर ह्वात्तै बढ्यो र झट्ट बढेको प्रयोगका कारण मोबाइल कम्पनीको नेर्टवर्कले बढी भार सहेझैं र्सर्किट व्यस्त भएको सूचना दियो । जाडाको असरझैं लाग्ने गरी बेतारे फोनमा आवाजसमेत भाँच्चिएको आउन थाल्यो । ‘र्स्वर्ग गएजस्तै आनन्द आइरहेको छ,’ एउटी युवतीले हिउँ परिरहँदा पठाएको एसएमएस सन्देशमा उल्लेख थियो- ‘म अहिले छतमा छु ।’ त्यसपछिको एउटा अन्तर्वार्तामा उनले जिन्दगीमै पहिलोपल्ट हिउँ परेको प्रत्यक्ष महसुस गरेको बताउँदै त्यसलाई आकाशबाट ताराहरू खसेको दृश्यसँग तुलना गरिन् । ‘रोमान्स सधैँ प्रकृतिसँग सम्बन्धित हुन्छ,’ भ्यालेन्टाइनको साँझ अंग्रेजी उपन्यास ‘स्नो फलिङ अन सेर्डार्स’ को प्रसंग निस्कनु केही अघि उनले भनिन्- ‘(बुधबार) एकै दिनमा प्रकृतिका तीन स्वरूप महसुस गरियो ।’ बिहानको वर्षा र दिउँसोको हिउँपछि साँझ पर्नै लाग्दा काठमाडौका कतिपय स्थानमा झलमल्ल घाम लागेको थियो । सोही मौकामा तन्नेरीहरू सडकमा निस्केका थिए भने कैयौंचाहिँ विशेष रूपमा सजाइएका रेस्टुरेन्ट पुगेका थिए । एउटा क्यान्डल लाइट डिनरले नपुग्नेहरूचाहिँ सम्भवतः नगरकोटतिर हान्निएका थिए जहाँ बितेका आठ वर्षा तेस्रोपटक परेको हिउँ डेढ फिटसम्मको थियो । ‘बिहान सबेरै एकदम चिसो थियो,’ डाँडामा अवस्थित होटल क्लब हिमालयका आवासीय प्रबन्धक विकास शाक्यले भने- ‘अनि पानी पर्न थालेपछि चिसो कम भयो । १२ बजेतिर सेतो पानी आउन थाल्यो । त्यसको आधा घन्टामा कपासै र्झन थालेजस्तो भइहाल्यो ।’ भ्यालेन्टाइनका दिन युगल जोडीले नगरकोटका ८० प्रतिशत होटल बुक गरेको तर हिउँ परेलगत्तै शतप्रतिशत बुकिङ भएको शाक्यले बताए । अनपेक्षित व्यापार यसरी बढ्यो, शाक्यले भ्यालेन्टाइनका दिन पत्नीसँग रोमान्टिक डिनर खान त के, जन्मदिनको उल्लास पनि सँगै बसेर मनाउन पाएनन् । ‘बिहानै इमेल पठाए,’ विशेष कार्यक्रम रद्द गर्नुपरेकोमा दुःख मान्दै शाक्यले फोनमा सुनाए- ‘फोन गरेर ह्याप्पी बर्थडे र ह्याप्पी भ्यालेन्टाइन डे भने । एसएमएस पनि पठाए ।’ सात हजार एक सय तेत्तीस फिट उचाइको सुन्दर पर्यटकीय डाँडामा हिउँ आउँदा दर्ुइ-तीन दिनसम्म रहने आशा गरेका शाक्यले भ्यालेन्टाइन डेमै हिउँ पर्नु प्रेम जोडी र होटल व्यवसायी सबैका लागि सुखद संयोग भएको बताए । ‘नगरकोटमा कुनै क्रियाकलाप हुन सकेको थिएन,’ उनले भने- ‘भ्यालेन्टाइन र हिउँको संयोगले पाहुना बढेका छन् । दशकौंपछि चार हजार पाँच सय फिटमा अवस्थित काठमाडौंसम्म हिउँ आइपुगेको घटना टेलिभिजनहरूका लागि ‘ब्रेकिङ समाचार’ हुन योग्य भए पनि यस अगाडि ठ्याक्कै कहिले त्यस्तो भएको थियो भन्नेमा एकमत नहुन सक्छ । मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा यसअघि एक साल हिउँ परेको उल्लेख छ जुन मितिसँग महाकवि लक्ष्मीप्रसाद देवकोटा र साहित्यकार श्यामदास वैष्णव सहमत नहुन सक्छन् । २०५९ माघमा प्रकाशित महाकविको खण्डकाव्य ‘तुसार वर्णन’ मा कहिल्यै ‘नपरेको हिउँ २००३ साल पुसमा पर्यो’ लेखिएको छ । ‘त्यो दिन महाकविले श्यामदासलाई मासु किन्न पठाउनुभएको रहेछ,’ ३२ पृष्ठ र २ सय २४ श्लोकको खण्डकाव्यबारे महाकविका छोरा डा. पद्मप्रसादले कान्तिपुरसँग भने- ‘त्यहीसाँझ लेख्न थालेर राति नै सिध्याउनुभएको रहेछ ।’ ‘बिम्बै बिम्बले भरिएको पुस्तकमा सांस्कृतिक र राजनीतिक पक्ष समेटिएका छन् जो कुनै न कुनै रूपमा हिउँसँग सम्बन्धित छन् । बोक्छे कलश वर्षाले, साथ बाजा बजाउँछ । सुखा पात त्यसै नाच्छ, काल भूषा सजाउँछ । लावा भुट्दछ हावाले च्याता च्यात गरिकन । झगडा गर्दछन् दोटा दिशा-वस्त्र लिनाकन । फुसफुसे हिउँ नगरकोटमा जस्तो जम्नचाहिँ पाएन काठमाडौंमा, चार डिग्री तातो जमिनमा पर्नासाथ बिलायो । बादलको चिस्याई, पानी पराइको तीव्रता र वर्षा अवधिजस्ता कुरामा हिउँ जमिनमा ठोक्किएपछि जम्ने-नजम्ने भर पर्ने बताउँदै मानन्धरले भने- ‘केही दुःख भए पनि मानिसहरूलाई रोमान्टिक हुन त्यति नै काफी भयो ।’
taken from blogmandu.wordpress.com

Sunday, December 4, 2011

Miss Nepal -collection 2003 -2005

Collection of photos of Miss Nepal


Miss Nepal -2005 Sugarika KC




Miss Nepal -2004 Payal Shakya




Wednesday, December 8, 2010

Shiwani Palikhe,

MODEL'S PROFILE


Name :Shiwani Palikhe
Gender :FEMALE
Star Sign :Pisces
Status :Active



APPEARANCE


Height : 5 feet 3 inches
Weight : 45 KG
Chest : 33 Inches
Waist : 25 Inches
Hips : 34 Inches









Tuesday, November 30, 2010

Savyata.....




Bona Rai




Related Posts Plugin for WordPress, Blogger...