कान्तिपुर पब्लिकेशनलो ‘साप्ताहिक’मा यौनजन्य सामाग्रीलाइ मात्र प्राथमिकता दिएको देखेर त्यसबेला नयाँ प्रकाशन ‘शुक्रबार’ को राम्रो शुरुवातबाट उत्साहित भएर ‘शुक्रबार – आशा लाग्दो नयाँ साप्ताहिक प्रकाशन‘ लेख्ने ‘क्युरियस लेडी’लाई यसपटकको शुक्रबारले राम्रै झापड दिएको छ । किनकी, उनको "छापिएका तस्बिरहरु पनि परिवार बीच हेर्न मिल्ने खालकै छ.." भन्ने भनाइ अब देखि लागु नहुने निश्चित भएको छ ।
सन्धर्भ यस हप्ताको साप्ताहिक ‘शुक्रबार’मा छापिएको ‘शुक्रबार सुन्दरी’ दीपशिखा खड्काको तस्बिरको हो। छ्यांग भित्री अंग देखिने टिसर्ट लगाएकी दीपशिखाले भित्रलगाउने ब्रा नलगाएको ले सबै अंग प्रष्ट संग देखिएको सो फोटो छाप्न उपयुक्त भए नभएको त नेपालको कानुनका जानकारहरुलाई नै थाहा होला, सामाजिक हिसाबले तेस्तो फोटो परिवारमा हेर्न मिल्ने मान्न सकिदैन ।
फोटोग्राफर राजीब श्रेष्ठले खिचेको निम्न फोटो हेरेर कमेन्ट गर्नुहोला :
taken from xnepali.net

No comments:
Post a Comment